१० मंसिर २०८१, सोमबार

बुधवारदेखि अभियान लघुवित्तको आइपीओ बिक्री खुला

प्रकाशित मिति :  1 August, 2022 12:51 pm


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले साउन १८ (बुधबार) गतेदेखि सर्वसाधारणका लागि पौने १० लाख कित्ता सेयर आइपीओ निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने यो आइपीओ छिटोमा साउन २२ गतेसम्म ढीलोमा भदौ १ गते बन्द हुनेछ ।

कम्पनीले उक्त आइपीिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले नेपालले आईपीओ कम्पनीको आईपीओलाई ुइक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।



प्रतिक्रिया दिनुहोस !