४ आश्विन २०८१, शुक्रबार

स्याङ्जामा सवारी कारबाहीबाट ७१ लाख रुपैँया राजस्व सङ्कलन

प्रकाशित मिति :  1 August, 2022 2:00 pm


स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०७८÷७९ मा सवारी कारबाहीबाट ७१ लाख ४२ हजार पाँच सय रुपैँया राजस्व सङ्कलन गरेको छ । कार्यालयले ९ हजार ९ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ।

सिट क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र विना सवारी चलाउने, तीव्र गतिमा चलाउने, अनावश्यक हर्नको प्रयोग गर्ने, अनावश्यक स्टिकर टाँस्ने, सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिए ।

गत आर्थिक वर्ष साउनमा कारबाहीमा परेका सवारी साधनबाट ३ लाख ३७ हजार ५००, भदौमा ३ लाख ९५ हजार ५००, असोजमा ४ लाख ८४ हजार ५०० रुपैँया, कात्तिकमा ६ लाख ६५ हजार, मङ्सिरमा ४ लाख ८५ हजार ५००, पुसमा ४ लाख ८५ हजार, माघमा ५ लाख ३१ हजार, फागुनमा ५ लाख ७१ हजार रुपैँया, चैतमा ६ लाख १४ हजार, वैशाखमा ६ लाख ६४ हजार ५००, जेठमा ७ लाख ७१ हजार ५०० र असारमा ११ लाख ३७ हजार ५०० रुपैँया गरी कूल ७१ लाख ४२ हजार ५०० रुपैँया राजस्व सङ्कलन गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !