४ आश्विन २०८१, शुक्रबार

निप्से झिनो अंकले घट्दा, ३ अर्ब माथिको कारोबार

प्रकाशित मिति :  2 August, 2022 3:56 pm


काठमाडौं । मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेकोे छ । मंगलबार नेप्से परिसूचक २.७६ अंकले घटेर २१९३.४८ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचकमा भने कुनै पनि परिवर्तन आएको छैन । सेन्सेटिभ परिसूचक ४२१.१३ अंकमा नै बसेको छ ।
मंगलबार कारोबार भएका ७ उपसमुह घटेका छन् भने ६ ओटा उपसमूहहरु बढेका छन् ।

बैंकिङ, होटल र पर्यटन, विकास बैंक, र्निजिवन बिमा, अन्य, जिवन बिमा र लगानी उपसमुहहरु घटेका छन् भने व्यापार, जलविद्युत, बित्त, निर्माण र उत्पादन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहहरु बढेका छन् । मंगलबार कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड ३२ लाख २७ हजार रुपैँया बराबारको कारोबार भएको हो ।

आज विन्दवासिनी हाइड्रोपावर विकास कम्पनी, साम्लिङ पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यी कम्पनीको सेयर मूल्य क्रमश ९.९९ प्रतिशत, ९.९८ प्रतिशत, ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स डिबेन्चर, किसान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
कुल २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैँया बराबारको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !