गण्डकी र सुदूर पश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । यतिबेला देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
त्यस्तै दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक / दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक / दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।