एनएमबी बैंकको खुद मुनाफा ३६ प्रतिशतले बढ्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एनएमबि बैंकको खुद मुनाफा ३६ प्रतिशतले वृद्धि भएको छ ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असार गत वर्षको तुलनामा यस वर्ष सोही अवधीमा बैंकको मुनाफा ३६.५३ प्रतिशत अर्थात् ३ अर्ब ७० करोड रुपैयाँले बढेको हो ।
गत वर्ष सोही अवधीमा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।अघिल्लो वर्ष सोही समिक्षा अवधीमा ३ अर्ब ८२ करोड रुपैयाँ बैंक संचालन मुनाफा कमाएको बैंकले गत वर्ष सोही अवधिमा संचालन मुनाफा ३६.४३ प्रतिशतले बढेर ५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ६६ करोड रुपैयाँ खुद व्याज आम्दानी कमाएको बैंकले गत वर्ष समिक्षा अवधिमा १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड रुपैयाँ रहेको बैंकको चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।
सीडी रेसियो ८५.५५ प्रतिशत रहेको बैंकको आधार दर ९.३८ प्रतिशत रहेको छ ।
त्यस्तै बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.७६ रुपैयाँबाट बढेर २०.१५ रुपैयाँ भएको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२.९५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४८.१४ रुपैयाँ रहेको छ ।