९ मंसिर २०८१, आइतबार

कृषि विकास बैंकको खुद मुनाफा २३ प्रतिशतले घट्दा खुम्चियो रिर्जभको आकार

प्रकाशित मिति :  4 August, 2022 1:12 pm


काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो मसान्तसम्ममा बैंकको रिजर्भको आकार घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्किृत वित्तीय विवरण अनुसार बैंकको रिर्जभको आकार १.८ प्रतिशतले घटेर ११ अर्ब २२ करोड रुपैयाँमा खुम्चिएको छ ।

त्यस्तै बैंकको खुद मुनाफा पनि २३.७४ प्रतिशतले घटेको छ । बैंकको खुद मुनाफा गत वर्षको समीक्षा अविधमा अघिल्लो वर्षको तुलनामा २३.७४ प्रतिशतले घटेर २ अर्ब ६९ करोड रुपैयाँमा खुम्चिएको छ ।

अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा गत वर्ष समीक्षा अवधिमा बैंक संचालन मुनाफा पनि १८.२५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ५ अर्ब ३ करोड रुपैयाा संचालन मुनाफा रहेको बैंकको गत वर्ष सोही अवधीमा ४ अर्ब ११ करोड रुपैयाँमा झरेको छ।

गत वर्ष खुद व्याज आम्दानी भने बढेको छ, अघिल्लो वर्ष ६ अर्ब ८६ करोड रुपैयाँ आम्दानी गरेको बैंकले सोही अवधिमा ७ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको छ ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) घटेर १.६८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल १.८८ प्रतिशत थियो। सीडी रेसियो ८९.१७ प्रतिशत रहेको बैंकको आधार दर ८.९० प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २४.२८ रुपैयाँबाट घटेर १७.९३ रुपैयाँमा झरेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १८.४६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१२.२५ रुपैयाँ रहेको छ।



प्रतिक्रिया दिनुहोस !