१० मंसिर २०८१, सोमबार

आँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु

प्रकाशित मिति :  5 August, 2022 1:06 pm


स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ। गाउँपालिकाले वडा नं ५ मा ५ करोड ६४ लाख ४२ हजार ८ सय ६२ रूपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरेको हो ।

पालिकाले देव एण्ड सायर र क्याराभान जे.भी. सँग २०७६ जेठ १० मा भवन निर्माण सम्झौता गरेको थियो । कोरोना महामारी र चुनावका कारणले तोकीएको सम्झौता अवधिभन्दा ६ महिना ढिलोगरी भवन निर्माण सम्पन्न भएको पालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले भने, “पुरानो, साँघुरो र जिर्ण भवनबाट सेवा प्रवाह गर्न एकदमै गाह्रो भएको थियो। कार्यालय एवं कागजपत्र व्यवस्थापनमा पनि चुनौती थियो तर हामीले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन सक्दो प्रयास गरेका थियौं। आफ्नो कार्यकालमा सुरू भएको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भै सेवा प्रवाह गर्ने कार्यप्रारम्भ भएकोमा एकदमै हर्षित छु ।”

उक्त भवनमा कार्यपालिका र न्यायपालिकाको लागि १ /१ वटा मिटिङ हल सहित ३४ वटा कोठाहरू रहेका छ्न्।



प्रतिक्रिया दिनुहोस !