१० मंसिर २०८१, सोमबार

अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति :  7 August, 2022 10:03 am


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २२ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिशेयर एक सय अंकित ९ करोड ७५ लाख मूल्य बराबरका ९ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता कर्मचारीका लागि तथा पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार सात सय ५० कित्ता शेयर खरिदका लागि बिक्री खुल्ला गरेको हो ।

निष्कासन गरिएको शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदकले अनुमतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ।



प्रतिक्रिया दिनुहोस !