भीरकोटको छायाँक्षेत्र मन्दिरमा २५ फिट अग्लो त्रिशुल स्थापना
प्रकाशित मिति : 8 August, 2022 12:25 pm
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा अवस्थित छायाँक्षेत्र मन्दिरमा २५ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । मन्दिर व्यवस्थापन अध्यक्ष पिताम्बर श्रेष्ठ र निर्वतमान नगरप्रमुख छायाराम खनालको पहलमा उक्त स्थानमा त्रिशुल स्थापना गरिएको हो । श्रेष्ठका अनुसार त्रिशुल स्थापना गर्दा सबै खर्च गरेर १ लाख ४० हजारमा काठमाडौंबाट त्रिशुल खरिद गरि मन्दिरमा ल्याइएको हो ।
मन्दिर अगाडि स्थापना गरिएको त्रिशुल फलामबाट बनेको र तामाको जलप लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताए । उनले भने, “२ वर्ष अगाडि मन्दिरमा संचालन गरेको एक कार्यक्रम बिच त्रिशुल स्थापना गर्ने वाचा पूरा गरेका छौँ ।’’
उक्त त्रिशुलको लागि खरिदको लागि भक्तजनहरुबाट चन्द रकम संकलन गरिएको थियो ।