सुरू भयाे ‘कवितामा तीन पुस्ता’ श्रृंखला , हरेक दुई महिनामा तीन पुस्ताका कवि एउटै मञ्चमा सुन्न पाइने
काठमाडौं। साहित्य प्रवर्धनका लागि फरक शैलीकाे कविता वाचन श्रंखला कवितामा तीन पुस्ता’ शुरू भएकाे छ । दुई/दुई महिनामा हुने कार्यक्रम अन्तर्गत काठमाडाैं कालीाकास्थानस्थित सर्वनाम थिएटरमा तीन पुस्ते साहित्यकारले कविता वाचन गर्न थालिएकाे हाे ।
जरूवा नेपालकाे आयोजना श्रंखलाकाे पहिलाेकाे कार्यक्रम शनिबार सम्पन्न भएकाे छ । पहिलाे कार्यक्रममा कविताका अभिभावक पुस्ताबाट दिनेश अधिकारी, अग्रज पुस्ताबाट श्रवण मुकारुङ र अनुज पुस्ताकी रन्जना निरौलाले आआफ्नो पुस्ताको कविता सुनाए । कविता सुन्न एक सय रूपैयाँकाे टिकट काटेर श्राेताहरूकाे बाक्लाे उपस्थिति थियाे ।
कवि अधिकारीले जंगलमा वर्षा, आवाजको सौन्दर्य, घरबाट निस्केपछि, मरणको आनन्द र अन्तिम तयारी शीर्षकका कविता वाचन गरेका थिए भने मुकारुङले म्याडम गीता, डराउँछु म मृत्युसित, स–साना शब्दहरूसित, हुमान सिंह भुजेलको भैँसी प्रेम, आवाज नआइपुग्ने मेघको उज्यालो शीर्षकका कवितावाचनहरू वाचन गरे ।
कवि निरौलाले मेरो ईश्वर म नै हुँ, तिम्रा यादहरू, दशैँः सधैँ मेरो विपक्षी, समयः कविताको अनुभूतिमा र परिधिको आकांक्षा शीर्षकका कविता सुनाएकी थिइन् । हरेक श्रृंखलामा तीन पुस्ताका एक एक जना कविले पाँच पाँच वटा कविता सुनाउने कार्यक्रमकाे तालिका रहेकाे छ।
पहिलाे श्रृंखला भव्य रूपले सम्पन्न भएकाले कार्यक्रमकाे थप प्रभावकारीताकाे लागि जिम्मेवारीबाेध भएकाे जरूवाका अध्यक्ष दीप दर्पण डाँगीले बताए । ”साहित्य प्रवर्धनका लागि केही फरक कार्यक्रम गर्ने मनसायले याे श्रृंखला शुरू गरेका हाैं, हामी उत्साहित छाैं र निरन्तर कार्यक्रम चलिरहनेछ,” डाँगीले भने ।