९ मंसिर २०८१, आइतबार

पाँच वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई मेगा बैंकको आग्रह

प्रकाशित मिति :  10 August, 2022 3:12 pm


काठमाडौं । पाँच वर्ष भन्दा पुरानो लाभांश बुझिलिन मेगा बैंक नेपालले आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ । बुधबार बैंकले एक सूचना प्रकाशित गर्दै पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो।

मेगा बैंकमा विभिन्न मितिमा साबिक पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक गाभिएका थिए । तिनै बैंकले विभिन्न आर्थिक वर्षमा वार्षिक साधारणसभामार्फत पारित गरेको नगद लाभांश अझै केही सेयरधनीहरुले लिन बाँकी रहेको बैंकले लाभांश बुझिलिन आग्रह गरेको हो।

त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र लाभांश बुझिलिन बैंकले जनाएको छ ।

लाभांश बुझ्न आउँदा आफूसँग रहेको सेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजपत्र वा अन्य दाबीसम्बन्धी कागजात बैंकको कुनै पनि शाखा वा सेयर रजिस्ट्रार मेगा क्यापिटलको काठमाण्डौको त्रिपुरेश्वरस्थित कार्यालयमा सम्पर्क गर्न सूचनामार्फत सेयरधनीलाई आग्रह गरेको छ ।

बैंकका अनुसार भुक्तानी लिन बाँकी रहेका सेयरधनीको विवरण बैंकको वेवसाइटमा गएर हेर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !