वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्दै नागार्जुन नगरपालिका,कुन वडामा कहिले ?
काठमाडौँ । नागार्जुन नगरपालिकाले राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै संकलन गर्ने भएको छ ।
नेपाली नगरिकता भएका सम्पूर्ण स्थानीयले आफ्नो वडामा गएर राष्ट्रिय परिचय पत्र बनाउन नागार्जुन नगरपालिकाले आग्रह गरेको छ ।
दैनिक ७० जना व्यक्तिको मात्र विवरण संकलन गरिने नगरपालिका द्धारा सञ्चालित सूचनामा उल्लेख गरिएको छ ।
वडा नम्बर ४ मा श्रावण २६, २९ र ३० गते विवरण संकलन गर्ने भएको छ । वडा नम्बर ५ मा श्रावण ३१ भाद्र ५, १ र २ गते , वडा नम्बर ६ मा भाद्र ५, ६, र ७ गते , वडा नम्बर ७ मा ८, ९ र १० गते वडा नम्बर ८ मा १२, १३ र १५ गते र वडा नम्बर ९ मा १६, १७ र १९ गते विवरण संकलन गर्ने बताएको छ ।
राष्ट्रिय परिचय पत्रका लागि स्थानीयले नेपाली नगरिकताको सक्कल प्रमाणपत्र लिएर जानुपर्ने छ । वि.स. २०५८ पछिको नगरिकतामा स्टिकर अनिवार्य हुनुपर्ने सूचनामा उल्लेख छ ।
विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र सक्कल आवश्यक पर्ने त्यस्तै नगरिकतामा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने कुनै सक्कल कागजात आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।
बुवाआमाको नागरिकता उपलब्ध भए सम्म, बसाईं सरेको हो भने बसाईं सराईको प्रमाणपत्र सक्कल र पार्सपोर्ट लिएको भए सक्कल वा प्रतिलिपि, पति वा पत्नीको मृत्यु भएको भएमा मृत्यु दर्ताको प्रमाणपत्र सक्कल आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।