नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाई गर्न नहुने : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाई गर्न नहुने बताएका छन् ।
५ दिने जापान भ्रमणबाट बुधबार काठमाडौं ओर्लिएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा नागरिकता विधेयक राष्ट्रपतिले रोक्न नहुने बताएका हुन् ।
‘विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । तर ढिलो नहुनुपर्थ्यो।
संघीय संसद्का प्रतिनिधीसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणिकरणका लागि विधेयक राष्ट्रपति भण्डारीकहाँ साउन १५ गते राष्ट्रपति कार्यालय पुगेको विधेयक ११ दिन हुँदासम्म पनि प्रमाणीकरण भएको छैन ।
संविधानको धारा ११३ मा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने व्यवस्था छ । साथै उनले पहिलोपटक गएको जापान भ्रमण धेरै राम्रो भएको प्रतिक्रिया दिए ।