९ मंसिर २०८१, आइतबार

प्रतिनिधिसभाबाट दुई विधेयक बहुमतले पारित

प्रकाशित मिति :  10 August, 2022 5:53 pm


काठमाडौं । प्रतिनिधिसभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको हो । त्यस्तै बैठकले राष्ट्रियसभाको सन्देश सहितको शपथसम्बन्धी विधेयक, २०७९ लाई पनि बहुमतले पारित गरेको छ ।

त्यसैगरी खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ । हाल काठमाडौं उपत्यका सार्वजनिक यातायात९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६ माथि दफाबार छलफल प्रारम्भ भएको छ ।



प्रतिक्रिया दिनुहोस !