२० असार २०८१, बुधबार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुग्यो, बागलुङकी युवतीमा संक्रमणको पुष्टि

प्रकाशित मिति :  28 March, 2020 4:46 pm


काठमाण्डौं, १५ चैत ।

नेपालमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या पाँच पुगेको छ । बेल्जियमबाट आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

नेपालमा भेटिएका संक्रमितमध्य एक जना निको भइसकेका छन् भने दुईजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।

त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसबारे नेपालको पछिल्लो अवस्थाबारे जानकारी दिदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा-



प्रतिक्रिया दिनुहोस !