९ मंसिर २०८१, आइतबार

लुम्बिनी प्रदेश अस्पतालको ठेक्का प्रक्रिया रोक्क उच्च अदालतको अन्तरिम आदेश

प्रकाशित मिति :  11 August, 2022 1:09 pm


काठमाडौं । लुम्बिनी प्रदेश अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया अदालतले रोकेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले अन्तरिम आदेश जारी गर्दै तत्काल ठेक्का प्रक्रिया अघि बढाउन रोक लगाएको छ ।

अस्पतालको भवन निर्माणमा ‘मिलेमतो’ भएपछि उच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा अदालतले तत्काल प्रक्रिया रोक्न आदेश दिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको भनेर रिट हालेका थिए ।



प्रतिक्रिया दिनुहोस !