४ आश्विन २०८१, शुक्रबार

रियलमी नार्जो ५० ए प्राइम नेपाली बजारमा, मूल्य कति ?

प्रकाशित मिति :  11 August, 2022 1:13 pm


काठमाडौँ । चिनीयाँ स्मार्टफोन कम्पनी रियलमीले नार्जो ५० ए प्राइम बजारमा ल्याएको छ ।

५ हजार एमएएच ब्याट्री, एआई–सक्षम क्यामेरा, अल्ट्रा–स्लीक डिजाइन र शक्तिशाली प्रोसेसर सहित थुपै्र विशेषता रहेको कम्पनीले जनाएको छ ।

यस ८.१ एमएम अल्ट्रा स्लिम स्मार्टफोनको तौल १९२.५ ग्राम रहेको उल्लेख गरिएको छ । युवालाई लक्षित गरि डायनामिक ग्लोइङ डिजाइन जसमा २ डी बाट बनेको नयाँ राइट–एंगल बेजेल डिजाइन रहेको बताएको छ ।

यस फोनमा एआई ट्रिपल क्यामेरा रहेको कम्पनीले उल्लेख गरेको छ । नार्जो ५० ए प्राइम ५० मेगापिक्सल प्राइमरी क्यामेरा, म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजर सहितको बिएण्डडब्लू लेन्स रहेको छ ।
सेल्फीको लागि ८ मेगापिक्सल एचडीआर क्यामेरा रहेको कम्पनीले जनाएको छ ।

रियलमी नार्जो ५० ए प्राइम युनिसोक टी६१२ द्वारा संचालित छ । यो एक अक्टा–कोर १२ एनएम प्रोसेसर हो जसले २.० जीएचजेडसम्मको पावर र कोरटेक्स ए७५ संरचना समर्थन गर्ने उल्लेख गरेको छ ।

नार्जो ५० ए प्राइममा ५००० एमएच ब्याट्री भएकोले स्ट्यान्डबाइ मोडमा ३९ दिनसम्म ब्याट्री ब्याक अप प्रदान गर्ने कम्पनिले जनाएको छ ।

रियलमी नर्जो ५० ए प्राइमको मुल्य २१ हजार ७९९ सय रुपैँया रहेको छ । साउन २३ गतेबाट फ्ल्यास ब्लू कलरमा , ४+१२८ जिबी बजारमा उपलब्ध हुने रियलमीले जानकारी दिएको छ ।

लन्चको बारेमा रियलमी नेपालका प्रमुख मुनिष गिरीले नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने यो अर्को कदम रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !