एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ मा आजदेखि आवेदन खुल्यो
काठमाडौ । एनएमबि क्यापिटलले आजदेखि नयाँ सामुहिक लगानी कोष योजनाको ईकाई बिक्रि खुला गरेको छ । कम्पनीले बिहीबार साउन २६ गतेदेखि एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन तथा बिक्री खुला गरेको हो।
यो योजनाको आकार १ अर्ब २० करोड अर्थात् १२ करोड इकाई बराबरको रहेको छ । प्रति इकाई मूल्य रु. १० दरको १२ करोड इकाई मध्ये १४ प्रतिशत इकाई अर्थात्क १ करोड ६८ लाख इकाई कोष प्रवर्द्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडले लगानी गर्ने छ ।
एक करोड ८० लाख इकाई बराबर बीज पूँजी बाहेक बाँकी रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।
आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको आवेदन दिन सकिने छ। लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । क्यापिटले योजनाको इकाई निष्काशन गर्नको लागि साउन ५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले उक्त इकाईको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।