९ मंसिर २०८१, आइतबार

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्दै , बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

प्रकाशित मिति :  11 August, 2022 2:06 pm


काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित बासिन्दाको लागि १ लाख बढि कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ लाख १२ हजार २ सय २३ दशमलव ५७ कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

उक्त सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पौडेल र रिचेत जलविद्युत कम्पनी लिमिटेडका कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र एनआईबिएल एस क्यापिटल लिमिटेडकी मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !