अनाधिकृतरुपमा ठूलो परिमाणमा नेप्सेको तथ्यांक तान्ने प्रयास
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को आधिकारिक वेबपेजमार्फत एकाएक तथ्यांक तान्ने प्रयत्न भएको छ ।
विभिन्न कोड प्रयोग गरी कारोबार सम्बन्धी विवरण अनधिकृत रूपमा ठूलो परिमाणमा तथ्यांक तान्न खोजिए नेप्सेले जनाएको छ ।
नेप्सेले चेतावनी सहित बिहीबार एक विज्ञप्ती जारी गर्दै भनेको छ आगामी दिनमा पनि त्यस्ता कार्य जारी राखेमा नेप्से कानुनी कारवाहीको प्रक्रियामा जान बाध्य हुने कुरा सबैलाई सूचित गरिन्छ ।
आफ्नो वेबसाइटमा विवरण हेर्न खोज्नेको सङ्ख्या कृत्रिम रूपमा अत्यधिक बढेको समेत जनाउँदै नेप्सेले भनेको छ विज्ञप्ति पहिलो भए पनि अनधिकृत रूपमा यसरी ठुलो परिमाणमा तथ्यांक तान्न भएको यो पहिलो प्रयत्न भने थिएन ।
‘अनअथोराइज्ड’ तरिकाले वेबसाइटमा पहुँच स्थापित गरी डेटा एक्सट्रयाक्ट गर्न खोजिएको नेप्सेले जिकिर गरेको छ ।
हाल नेप्सेले आधिकारिक रूपमा एपिआई मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फर्छ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई मात्र तथ्यांक उपलब्ध गराउँदै आइरहेको बताएको छ ।