११ मंसिर २०८१, मंगलबार

भीरकोट नगरपालिकाले सुरु गर्यो बजार अनुगमन

प्रकाशित मिति :  11 August, 2022 6:48 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले पालिका भित्रको मुख्य बजार क्षेत्र बयरघारीमा बजार अनुगमन गरेको छ।

चाडपर्व नजिकिदैँ गर्दा पालिकाले विभिन्र पसलहरु अनुगमन गर्दा वडा नम्बर १ र २ को प्रगति टोल, ९९ चोक, राधाकृष्ण मार्ग, बिरेन्द्र टोल हुदै सानाकिसान मार्ग सम्मका पसलहरूको अनुगमन गरेको हो ।

नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यको नेतृत्वमा भएको अनुगमनमा नगर प्रवक्ता एवं भीरकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिपेन्द्र केसी, वडा नं. २ का वडा अध्यक्ष श्यामकाजी अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष कृष्ण बहादुर थापा लगायतको जनप्रतिनिधिको टोली, भीरकोट नगरपालिकाका कर्मचारीहरु , भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइराला, दहथुम प्रहरी चौकी प्रमुख एवं प्रतिनिधिको सहभागितामा १८ व्यवसायमा अनुगमन गरिएको हो ।

दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाले बताएको छ । साथै नगरपालिकाले अनुगमनको क्रममा म्याद गुज्रियका खाद्यबस्तुहरू नियन्त्रणमा लिई नष्ट गरेको छ ।



प्रतिक्रिया दिनुहोस !