९ मंसिर २०८१, आइतबार

शितलनिवास अगाडी निहारिकाले गरिन् आत्मदाहको प्रयास

प्रकाशित मिति :  12 August, 2022 4:30 pm


काठमाडौं । निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् ।

२ वर्षीय छोरा सहित शितलनिवास पुगेकी निहारीकाले पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेर उनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनको साथबाट पेट्रोल लगेको बट्टा र लाइटर बरामद गरेको छ । अहिले उनलाई उपचारका लागी प्रहरीले त्रिवि शिक्षण अस्पतालमा लगेको छ ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै साउन २० गतेदेखि आमरण अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस !