स्याङ्जामा दुई जना मृत अवस्थामा फेला
स्याङ्जा । स्याङ्जामा विभिन्र पालिकाहरुमा एकैदिन दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको वालिङ नगरपालिका, र आँधिखोला गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
वालिङ नगरपालिका वडा नं १२ लाम्पाते निवासी ६५ वर्षीयका पुर्ण बहादुर न्यौपाने क्षेत्रीको भीरबाट लडेर मृत्यु भएको छ । तीन दिनदेखि सम्पर्क बिहिन भएका क्षेत्री डुम्रेभञ्याङ लाम्पाते ग्रामीण सडक खण्ड मुनिको भीरबाट लडेर शनिबार मृत्यु भएको हो ।
त्यस्तै आँधिखोला गाउँपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँधिखोला गाउँपालिका वडा नम्बर २ रंगेठाटी बस्ने ६० वर्षीय देवनारायण सार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शनिबार बिहान अन्दाजी १०ः४५ बजे सार्की घरदेखी २ किमि दुरीमा रहेको पाखोबारी खरबारीमा घाँस काट्ने क्रममा ७०९८० मिटर तल लडेर घट्नास्थलमै मृत्यु भएको हो ।
दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।