९ मंसिर २०८१, आइतबार

भदौ महिनामा वाणिज्य बैंकहरुले निक्षेपको व्याज नबढाउने

प्रकाशित मिति :  15 August, 2022 12:37 pm


काठमाडौं । वाणिज्य बैंकहरुले भदौं महिनामा निक्षेपको व्याजदर नबढाउने भएका छन् । सोमबार बसेको बैंकर्स एसोशिएसन (एनबीए)को बैठकले भदौ महिनाको लागि साधारण र निक्षेपको व्याजदर नबढाउने निर्णय गरेको हो ।

व्यक्तिगत मुद्दति निक्षेपतर्फ साउनकै अधिकतम ११.०३ प्रतिशतलाई भदौमा कायम गर्ने र संस्थागत मुद्दती निक्षेपमा ९.०३ प्रतिशतसम्म ब्याज दिने निर्णय भएको एनबीएले जनाएको छ ।

‘संथागत मुद्दति निक्षेपतर्फ भने १ प्रतिशतले घटाएर अधिकतम ९.०३ ब्याजदर कायम गर्ने बैंकहरुबीच सहमति बनेको छ।’ बैठकमा सहभागी एक सदस्यले भने ‘अहिलेको अवस्थामा ब्याजदर बढाउँदा पनि बैंकहरुमा निक्षेप बढ्ने अवस्था देखिएन बैठकमा सहभागि एक सदस्यले भने ‘गत साउन २२ गते व्याजदर नबढाउने भद्र सहमति भए अनुसार नै निर्णय भएको छ सोही अनुसार बैंकहरुले व्याजदर सार्वजनिक गर्नेछन् ।’

रेमिट्यान्स खातामा भने बैंकहरुले अधिकतम ब्याजदरको १ प्रतिशत बढी दिन पाउने हुँदा १२.०३ प्रतिशत ब्याजदर ग्राहकले पाउने छन् ।



प्रतिक्रिया दिनुहोस !