चौथो त्रैमासमा नेपाल टेलिकमले कमायो ८ अर्ब ३८ करोड रुपैयाँ
काठमाडौं । नेपाल टेलिकमले चौथो त्रैमासमा खुद मुनाफा १७ प्रतिशतले वृद्धि भएको छ । टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधीमा खुद मुनाफामा १७ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष समीक्षा अवधीमा खुद मुनाफा १७.५४ प्रतिशतले बढेर ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष कम्पनीको सेवा व्यापार ३५ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो भने गत वर्ष समीक्षा अवधीमा २ अर्ब रुपैयाँले बढेर ३७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि बढेर ६ अर्ब ४३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी ६ अर्ब २७ करोड रुपैयाँ थियो।
अघिल्लो वर्ष रिजर्भमा ७४ अर्ब ६८ करोड रुपैयाँ रहेको कम्पनीले गत वर्ष समीक्षा अवधीमा रिजर्भको आकार बढाएर ७७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५६ पैसा रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१८ गुणा रहेको छ।