९ मंसिर २०८१, आइतबार

नागढुङ्गामा ट्राफिक सचेतनामूलक र फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  15 August, 2022 5:53 pm


काठमाडौं । काठमाडौँको नागढुङ्गामा ट्राफिक सचेतनामूलक र फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सवारी साधनमा जथाभावी फोहोर नगर्न, सवारी साधनबाट जथाभावी फोहोर नफाल्न, सवारी साधनमा फोहोर दानी अनिवार्य राख्न, र नो हर्न नियमलाई पालन गर्न अनुरोध गरेका थिए ।

नगरपालिकाले सवारी साधानबाट निकालेको १७ हजार थान स्टिकर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक चौधरीलाई हस्तान्तरण गरेको थियो ।

साथै चन्द्रागिरि नगरपालिका प्रमुख र उपप्रमुखले सडक बढारेर सफा राख्नका लागि आह्वान समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !