९ मंसिर २०८१, आइतबार

आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  16 August, 2022 10:11 am


Election commission

काठमाडौं । आगामी निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । सरकारले चुनावको मिति घोषणा गरे लगत्तै निर्वाचन आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सीमा आजबाट समाप्त हुन लागेको हो । नेपालको संविधानको धारा २७१ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ।

आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन्। आउँदो चुनावमा भाग लिन सोमबारसम्म आयोगमा ६२ दल दर्ता भएका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरिसकेका छन् भने नेपाली काँग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !