पोखरामा स्कुटर मर्मत गर्दागर्दै आगलागी
प्रकाशित मिति : 16 August, 2022 3:15 pm
काठमाडौं । पोखराको एक स्कुटर मर्मत गर्दा गर्दै आगलागी भएको छ । मंगलबार नयाँबजारस्थित ग्रेस मोटरसाइकल सर्भिस सेन्टरमा मर्म गर्दै गरेको स्कटर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
ग ७ प ५७५७ नम्बरको स्कुटरमा वेल्डिङ गर्दै गर्दा एक्कासी आगो लागेको सवारी धनी कर्णबहादुर पुनले बताए ।
उनले भने ‘बाटोमा हिँड्दा साइलेन्सरबाट आवाज आयो । वोर्कसपमा देखाउँछु भनेर ल्याएको । यहाँ वेल्डिङ गर्दै हुनुहुन्थ्यो । वेल्डिङ गर्दा गर्दै जल्यो ।’
स्थानीयका अनुसार वर्कसपमा योसँगै तेस्रोपटक आगालागी भएको हो ।
सवारी मर्मत गर्ने क्रममा हेलचक्राइ गर्दा आफ्नो स्कुटर जलेको हो कर्णबहादुरले भने ‘केही नहोला भनेर साइडमै मर्मत गरेको हेरीरहेको थिए । स्कुटरम एक्कासी आगो लाग्यो । स्कुटर भित्र भएको बिलबुक, लाइसेन्स र अन्य व्यक्तिगत कागजपत्र पनि निकाल्न पाइएन सबै जल्यो ।’