९ मंसिर २०८१, आइतबार

बाबुरामजी र प्रचण्डसँगै उभिने कुराले ठुलो अर्थ लाग्छ : प्रचण्ड

प्रकाशित मिति :  16 August, 2022 5:57 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एक हुने भएका छन् ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भट्टराई र आफू एकै ठाउँमा उभिएको हुनाले अब कसैले रोक्न नसक्ने बताए ।

प्रचण्डले भने : ‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ र महत्व छ त्यसैले हामी उभियौँ,अब कसैले रोकेर रोकिँदैन।’

प्रचण्डले आज नै पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने बताए । त्यस्तै माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग पनि एकताका लागि संयोजन समिति बनाउने तयारी भइरहेको प्रचण्डले बताए ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई र प्रचण्डबीच भएको भेटवार्तामा४ मंसिरको निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस !