३ माघ २०८१, बिहिबार

गत अर्थिक वर्षमा भित्रीयो १० खर्ब बढी रेमिट्यान्स, श्रम स्वीकृति लिनेकाे संख्या बढ्यो

प्रकाशित मिति :  16 August, 2022 7:07 pm


काठमाडौं । गत अर्थिक वर्षमा १० खर्ब बढी रेमिट्यान्स भित्रीएको छ । राष्ट्रबैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई रु.१० अर्ब सात अर्ब ३१ करोड पुगेको छ उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृति लिने उल्लेख्य रुपमा बढे
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई तीन लाख ५४ हजार ६६० पुगेको राष्ट्र बैकले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ६२.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई दुइ लाख ८२ हजार ४५३ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ श्रम स्वीकृति लिनको संख्या ४६.८ प्रतिशतले घटेको थियो ।



प्रतिक्रिया दिनुहोस !