९ मंसिर २०८१, आइतबार

गण्डकी प्रदेशमा भारी बर्षाको सम्भावना

प्रकाशित मिति :  17 August, 2022 8:24 am


काठमाडौं । मौसस पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

त्यस्तै दिउँसाे प्रदेश १ र बागमती प्रदेशका केहि तथा बाँकी प्रदेशका एक\दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !