९ मंसिर २०८१, आइतबार

आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध

प्रकाशित मिति :  17 August, 2022 8:49 am


काठमाडौं । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ ।

वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आज बुधबारदेखि कडाइका साथ लागु गर्ने भएको हो ।

मन्त्रालयले यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाए पनि विनाशकारी भुकम्पका कारण कार्यान्वयन हुन सकेको थिएन ।

मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्नेछ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन गर्ने र अनुगमनको क्रममा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बिक्री र प्रयोग पाइएका कारवाही गरिने जनाएको छ ।

गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिए लगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न सरकारले आजदेखि ४० माइक्रोनभन्दा पातलो झोला प्रतिबन्ध लगाएको हो ।



प्रतिक्रिया दिनुहोस !