आजदेखितीन जलविद्युत कम्पनीको कारोबार सुरु : कतिमा भयो पहिलो कारोबार ?
काठमाडौं । धितोपत्र दोस्रो बजारमा आज बुधबार एकैपटक तीन जलविद्युत कम्पनीको सेयर कारोबारमा आउने भएको छ।
हिजो मंगलबार नेप्सेमा सुचिकृत भएका श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी र मन्दाकिनी हाइड्रोपावरले जारी गरेको साधारण सेयरको आज बाट दोस्रो बजार कारोबार सुरु भएको हो ।
नेप्सेले अपर सोलुलाई यूएसएचईसी(USHEC) कारोबार संकेत र पहिलो कारोबारका लागि १०८.२१ रुपैयाँदेखि ३२४.६३ रुपैयाँसम्मको अधिकतम ओपनिङ रेन्ज तोकेको छ।
त्यस्तै श्वेत–गंगालाई नेप्सेले एसजीएचसी(SGHC) कारोबार संकेत र पहिलो कारोबारका लागि ८९.८८ रुपैयाँदेखि २६९.६४ रुपैयाँसम्मको अधिकतम ओपनिङ रेन्ज तोकेको छ।
यसैगरी मन्दाकिनी हाइड्रोपावरले एमएचएल(MHL) कारोबार संकेत पाएको छ भने पहिलो कारोबारका लागि १०२ रुपैयाँदेखि ३०६ रुपैयाँसम्मको अधिकतम ओपनिङ रेन्ज पाएको छ।
आजको प्रि सेसन कारोबारमा मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसामा, अपर सोलुको ३२४ रुपैयाँ ६० पैसा र श्वेतगंगाको २६९ रुपैयाँमा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ ।