सोल्टी होटलले सेवा प्रवाहबाट कमायो १ अर्ब ३७ करोड रुपैयाँ
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा सोल्टी होटल लिमिटेडको खुद मुनाफामा उछाल आएको छ । होटलले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधीमा ३० करोड बढि मुनाफा कमाएको जनाएको छ ।
अघिल्लो समीक्षा अवधीमा वर्ष २२ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा कमाएको होटलले गत आर्थिक वर्षमा ३० करोड १६ लाख रुपैयाँ कमाएको हो ।
होटलले अघिल्लो वर्ष सेवा प्रवाहबाट ४५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो भने गत वर्ष सोही अवधीमा २०२.१६ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
घिल्लो आर्थिक वर्ष समिक्षा अवधिमा १७ करोड २४ लाख रुपैयाँ होटल संचालन मुनाफा कमाएको थियो भने गत आर्थिक वर्षमा उक्त रकम बढेर ३१ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ८९ करोड १२ लाख रुपैयाँ छ । अघिल्लो वर्ष यसको रिजर्भ कोषमा ५८ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।
होटलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ भने २० रुपैयाँ ५८ पैसा छ । अघिल्लो वर्ष होटल प्रतिसेयर २ रुपैयाँ ६७ पैसा नोक्सानमा र प्रतिसेयर नेटवर्थ १७ रुपैयाँ रहेको थियो ।