९ मंसिर २०८१, आइतबार

ट्राफिक स्वयम् सेवकलाई क्याप हस्तान्तरण

प्रकाशित मिति :  19 August, 2022 2:54 pm


काठमाडौं । ट्राफिक स्वयम् सेवक क्याप हस्तान्तरण तथा ट्राफिक स्वयम् सेवक परिचालन कार्यक्रम सोह्रखुट्टे स्थित नेपाब्यान्केटमा सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

छाया नेपालको सहयोगमा प्राप्त २ सय ५० थान ट्राफिक स्वयम् सेवक क्याप प्रहरी नायब महानिरीक्षक चौधरीले नेपाल स्काउटलाई हस्तान्तरण गरेर ट्राफिक स्वयम सेवक परिचालनको सुरुवात गरेकी हुन । उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल स्काउट सिद्धिगणेश रोभर रेन्जर क्र्युको समन्वय तथा छाया नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्वेत सदन स्कूल एण्ड कलेज सामाखुशी, प्रगति बोर्डिङ हाई स्कूल बालाजु, इलिक्स स्कूल बहती पोखरी, ज्ञान मन्दिर सेकेण्डरी स्कूल, गण्डकी पब्लिक स्कूल, हिम रश्मी हाई स्कूल, अमृत सेकेण्डरी स्कूल, युनिक रेञ्जर रोभर क्र्यु र सिद्धि गणेश माध्यामिक विद्यालय समेत गरी ९ विद्यालयका करिब ४ सय विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, प्रहरी नायव महानिरीक्षक चौधरीले उमेरको आधारमा हेर्ने हो भने सबै भन्दा बढी दुर्घटनामा १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति पर्ने कुरा उल्लेख गरेकी थिइन् । साथै उनले सवारी चालक अनुमति पत्र नलिई कसैले पनि सवारी नचलाउन अनुरोध गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !