त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक जना पक्राउ
प्रकाशित मिति : 21 August, 2022 2:37 pm
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडानबाट त्रिभुवन विमानस्थल ओर्लिएका भारतीय राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षका राहुल रेमानानलाई पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राहुलको गतिविधि शंकास्पद देखिएपछि विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको हो ।
शंकास्पद राहुललाई काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तु देखिएको थियो । त्यसपछि उनलाई प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका (सुन) फेला परेपछि पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।