११ मंसिर २०८१, मंगलबार

भीरकोट नगरपालिकामा पाँच दिने अचार बनाउने तालिम सम्पन्न

प्रकाशित मिति :  22 August, 2022 11:42 am


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा पाँच दिने अचार बनाउने तालिम सम्पन्न भएको छ। हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत युएनडिपि र नगरपालिकाको आर्थिक सहयोग, अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाको व्यवस्थापनमा संचालन भएको तालिममा २७ जनाको सहभागिता रहेको थियो।

भीरकोटका ९ वटै वडाबाट ३ जनाका दरले २७ जनाको सहभागिता रहेको थियो । तालिममा तामा, सिस्नु, मासु, गुन्द्रुक, भट्ट ,लसुन, अदुवा, खुर्सानी, कागती लगायतका १२ प्रकारका अचारहरू बनाउने तालिम दिइएको जनाइएको छ।

तालिम समापन समारोहमा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले तालिममा सिकेको सिपलाई व्यवसायिक अचार उत्पादनमा प्रयोग गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न आग्रह गरेका छन् ।

व्यवसायिक उत्पादन पश्चात् बजारीकरणमा कुनै समस्या आइपरे पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अचारमा पालिकालाई आत्मनिर्भर बनाउन सहयोग र अर्थोपार्जनमा समेत आत्मनिर्भर हुन सुझाव दिएका थिए ।

भदौ १ गतेदेखी ५ गतेसम्म तमु समाज भवनमा संचालन भएको तालिममा प्रशिक्षक पुना भुसालले प्रशिक्षण दिएकी थिइन्



प्रतिक्रिया दिनुहोस !