१३ मंसिर २०८१, बिहिबार

धितोपत्र बोर्डले घटायो सिआस्वा शुल्क, अधिकतम ५ रुपैयाँ मात्र

प्रकाशित मिति :  22 August, 2022 12:28 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा लाग्ने सिआस्वा शुल्क घटाउने निर्णय गरेको छ । आइतबार बसेको बोर्डको संचालक समितिको बैठकले सिआस्वा शुल्क अधिकतम ५ रुपैयाँ सम्म लिन पाउने व्यवस्था गरेको हो ।

हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले अधिकतम १०० रुपैयाँ सम्म सिआस्वा शूल्क लिन पाउने कानुनी व्यवस्था रहेकोमा अब बोर्डले उक्त व्यवस्थालाई परिमार्जन गरी ९५ प्रतिशतले घटाएर अधिकतम ५ रुपैयाँमा झारेको छ ।

सार्वजनिक निष्काशनमा लाग्ने शूल्कलाई परिमार्जन गरि अधिकतम ५ रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था अब छिट्टै कार्यन्यनको चरणमा जाने बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

बैंक तथा वित्तिय संस्थाहरुले मनपरी सिआस्वा शूल्क लिएको भन्दै लगानीकर्ताहरुको चर्को बिरोध समेत हुने गरेको थियो ।

कतिपय कम्पनीले त प्राथमिक सेयर निष्काशनबाट प्राप्त गर्ने रकम भन्दा बढि लगानीकर्ताहरुले आईपिओ आवेदन वापत तिर्ने सिआस्वा शूल्कमा गएको भन्दै यसको चर्को विरोध समेत हुने गरेको थियो ।

नयाँ व्यवस्था अनुसार आईपिओ आवेदन वापत लाग्ने अधिकतम ५ रुपैयाँ शूल्क मध्यमा १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले र १ रुपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले पाउने छ ।

अहिले पनि एनआईसि एशिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंकले निशूल्क सिआस्वा सेवा दिइरहेका छन् ।
त्यस्तै कुमारी बैंकले पनि भदौ १ गतेबाट लागु हुने गरी सिआस्वा शूल्क निशूल्क गरेको छ ।



प्रतिक्रिया दिनुहोस !