४ आश्विन २०८१, शुक्रबार

गल्याङ नगरपालिकामा नेपाल टेलिकमले सुरु गर्यो एफटिटिएच सेवा

प्रकाशित मिति :  22 August, 2022 2:07 pm


स्याङ्जा । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएपछि करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ ।

पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आफूले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए ।

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराइले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरबासी सन्तुष्ट रहेको जानकारी दिँदै एफटिटिएच पूर्ण माइग्रेसनले सहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताए ।

अबदेखि करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !