९ मंसिर २०८१, आइतबार

पार्टी एकताका लागि संयोजन समिति बनाउन माधव-प्रचण्ड सहमत

प्रकाशित मिति :  22 August, 2022 2:43 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ ।

हात्तिवनस्थित प्रचण्डको एक नातेदारको घरमा भएको भेटवार्तामा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए ।

सो संयोजन समितिमा बाबुराम भट्टराई र वामदेव गौतमलाई समेटेर लैजाने नीतिअनुरुप उनीहरु माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिँदैछन् ।

बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् ।

छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !