९ मंसिर २०८१, आइतबार

प्रदिप गिरीकाे निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक स्थगित

प्रकाशित मिति :  22 August, 2022 3:03 pm


काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले र राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज बसेको दुवै सदनको छुट्टा छुट्टै बैठकमा स्वर्गीय गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

स्वर्गीय गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेपछि उनको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भाद्र ७ गते १० बजे बस्ने गरि स्थगित भएको छ भने राष्ट्रियसभाको अर्को बैठक भाद्र १२ गते बस्ने भएको छ ।

गिरिको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मिति २०७९ साल भदौ ४ गते शनिबार निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !