नेप्सेको ओरालो यात्रा कायमै
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार ७ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ७ अंकले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसुचक १.४७ अंकले घटेर ३ सय ९७.११ को अंकमा पुगेको छ ।
स्टकका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्य १२ उपसमूहको सूचक घटेको छ भने बाँकी १ वटा समूहको उपसुचक बढेको छ ।
सोमबार कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड १८ लाख ७१ हजार ३२६रुपैयाँ बराबरको कारोबार भएको हो।
त्यस्तै गरी आज अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २७३ रुपैयाँ पुगेको छ।
त्यस्तै आजको दिन लक्ष्मी समृद्धि फण्ड–२को सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.७५ प्रतिशतले घटेको छ ।
कुल २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको जनाएको छ।