९ मंसिर २०८१, आइतबार

ग्याब्रियलको कस्टमर मिट सम्पन्न, दुई वर्षभित्र उत्पादनको बिक्री तेब्बर बनाउने लक्ष्य

प्रकाशित मिति :  22 August, 2022 5:18 pm


काठमाडौं । ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्स प्रालिले ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी दुई वर्ष पश्चात तेब्बर बनाउने लक्ष्य रहेको बताए ।

आगामी दिनमा ग्राहकका लागि थप गुणस्तरीय सामग्री उपलब्ध गराउने र नेपाली बजारलाई कम्पनीले विशेष प्राथमिकता दिएको उनले बताए ।

ग्याब्रियल इन्डियाका जनरल म्यानेजर एसके रमनले नेपालमा ग्याब्रियलका स्पेयर पार्ट्स आगामी दिनमा अझै प्रयोगमा आउने र यसका लागि कम्पनीले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एसडीआई अटोमोबाइल्सका चेयरम्यान दीपेन्द्र मिश्र र डाइरेक्टर सञ्जिव हमालले सबै रिटेलरहरुलाई स्वागत गर्दै आगामी दिनमा एक अर्कामा सहयोग कायमै रहने विश्वास व्यक्त गरेका थिए।

नेपाली बजारमा ग्याब्रियलका सक एब्जर्बर, फ्रन्ट फोर्क्स, इनर ट्युब, फ्रन्ट फोर्क्स आयल, आयल सिल, एफएफ स्प्रिङ, बुस्किट, ओसी स्प्रिङ, ह्विल रिम, ब्रेक फ्लुइड आदि उपलब्ध छन् ।

विश्वमा यो कम्पनी हाल आठौ नम्बरमा रहेको छ ।सीओओ श्रीवास्तवले भने, “यद्यपि यो निकै नै कठिन कार्य हो । यसका लागि सबैको सहयोग आवश्यक हुन्छ । ग्याब्रियलले यो वर्ष ३ हजार करोडको व्यापार गर्ने योजना बनाएको छ । ’’

हाल कम्पनीमा करिव ४ हजार कर्मचारी कार्यरत छन् भने ११ वटा प्लान्ट रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !