वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त
प्रकाशित मिति : 22 August, 2022 5:53 pm
काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि उप्रेती सहित ३ जनाको नाम सिफारिस गरेको थियो।
जसमध्ये निर्मलकुमार उप्रेती र युवराज बस्नेतको नाम सिफारिसमा परेको थियो ।
कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको थियो ।