९ मंसिर २०८१, आइतबार

देशका विभिन्न ठाँउमा बन्दको प्रभाव, काठमाडौंमा १८ जना बन्दकर्ता प्रकाउ

प्रकाशित मिति :  23 August, 2022 8:22 am


काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो ।

मंगलबार बिहान बन्द गराउन निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए । काठमाडौंको माछापोखरी, बसपार्क र ललितपुर लगायत विभिन्न ठाँउबाट १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

बन्दकर्ताले काठमाडौंको सफ्टवारिका कलेज समेत तोडफोड गरेका छन् । बिहान ६ बजे मोटरसाइकलमा आएका चार जनाको समुहले कलेजको सिसामा ढुंगा प्रहार गरी भागेको कलेज प्रशासनले बताएको छ । त्यस्तै काठमाडौंको कोटेश्वर, थापागाँउमा सार्वजनिक यातायात तोडफोड भएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वानले देशभर आंशिक प्रभाव परेको छ । कैलालीका दुई ठाँउमा शंकास्पद वस्तु फेला परेको छ ।



प्रतिक्रिया दिनुहोस !