५ आश्विन २०८१, शनिबार

भीरकोट नगरपालिकामा दुई दिने व्यवसायिक सुन्तला खेती सम्बन्धी तालिम सुरू

प्रकाशित मिति :  23 August, 2022 12:32 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा दुई दिने व्यवसायिक सुन्तला खेती सम्बन्धी तालिम सुरू भएको छ । हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत युएनडिपि र नगरपालिकाको आर्थिक सहयोग अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाको व्यवस्थापनमा तालिम संचालन भएको हो ।

वडा नम्बर २ को सहिद शुक्र माध्यामिक विद्यालयमा सुरू भएको तालिममा वडा नम्बर ३ का २० जना कृषकको सहभागिता रहेको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले तालिममा सहभागीहरूलाई व्यवसायिक सोच राखेर सिक्न र सोही अनुसार सुन्तला खेती गर्न आग्रह गरेका थिए । कृषकका कुनै पनि उत्पादनको बजारीकरणमा समस्या भए पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पालिकाले कृषि उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताए ।

तालिममा प्रशिक्षक इश्वरी प्रसाद ढकालले प्रशिक्षण दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !