श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आइपीओ निष्काशन गर्दै
काठमाडों । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ ) निष्काशन गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि झण्डै ४ लाख कित्ता सेयर (आईपीओ) निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको हो ।
संस्थाले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको शेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले छिटोमा भदौ १९ गतेसम्म ढीलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
केयर रेटिङ्गस नेपालले आईपीओ लघुवित्तको आईपीओलाई ’केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।