९ मंसिर २०८१, आइतबार

ङादी ग्रुपको हकप्रदमा आवेदन दिने आज अन्तिम मिति

प्रकाशित मिति :  23 August, 2022 2:20 pm


ङादी ग्रुप पावर लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको हकप्रदमा आज भदौ ७ गते बैंकिङसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

कम्पनीले १ः१।५ अर्थात १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।

लगानीकर्ताले मेरो सेयरबाट अनलाइन आवेदन दिन पाउनेछन्। धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, सिद्धार्थ क्यापिटलको कार्यालय र सिद्धार्थ बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले हकप्रद निष्कासनका लागि गत असार १९ गते एक दिन बुक क्लोज गरेको थियो। त्यसैले असार १८ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउँनेछन् ।



प्रतिक्रिया दिनुहोस !