९ मंसिर २०८१, आइतबार

काठमाडौं महानगर परिसरमा फुटपाथ व्यवसायीको नारावाजी

प्रकाशित मिति :  23 August, 2022 2:48 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा फुटपाथ व्यापारीहरुले नारावाजी गरेका छन् । फुटपाथ व्यवस्थापनको निहुँमा महानगरपालिकाले साना व्यवसायीलाई हटाएको भन्दै व्यवसायीहरुले महानगर परिसरमा पुगेर नाराबाजी गरेका हुन् ।
उनीहरुले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर, श्रमको सम्मान गर, नगर प्रहरीको अत्याचार बन्द गर, विना विकल्प धोका दिन पाइदैन जस्ता नारा लगाएका छन् ।

मंगलबार नाराबाजीमा उत्रिएका व्यवसायीहरुले ३ बुँदे माग एक हप्ताभित्र पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने, सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, प्रशासनको तर्फबाट भइरहेको अमानवीय व्यवहार बन्द गरी यसअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।



प्रतिक्रिया दिनुहोस !