५ आश्विन २०८१, शनिबार

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा २०४ अस्थायी दरवन्दी स्वीकृत

प्रकाशित मिति :  23 August, 2022 3:38 pm


काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरवन्दी स्वीकृत भएको छ ।

भदौं ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त दरवन्दी स्वीकृत गरेको हो । साथै बैठकले सरकारी कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब,भत्ता,पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !